गोलाघाट, 17 अगस्त (हि.स.)। देवरगाउँमा नकली नोट बनाउने उपकरण जफत भएको छ। हिजो राति देवरगाउँ इस्लाम पट्टी स्थित एउटा घरबाट देवरगाउँका सहायक पुलिस अधीक्षक विक्रमजीत बोराको नेतृत्वमा प्रचुर मात्रामा नकली नोट बनाउने सामग्रीको साथ कालो र सेतो रंगको कागजका धेरै बण्डल जफत गरियो।
गोपनीय सूचनाको आधारमा पुलिस टीमले हिजो राति इस्लाम पट्टीको एउटा घरबाट नकली नोट बनाउने सामग्री जफत गऱ्यो। पुलिस पुगेको सुइको लाग्नसाथ घरको पुरूष सदस्य भागे। अहिले यस मामिलामा पुलिसले कसैलाई पक्राउ गरेको छैन। अभियानमा पुलिसले कुनै प्रकारको पनि टिप्पणी गरेको छैन।
सहायक पुलिस अधीक्षक अनुसार, यो केवल एक ठगी र धोकाधड़ीको रणनीति हो। पुलिस सूत्रहरूले दाबी गरेको छ, देवरगाउँ इस्लाम पट्टीमा गत धेरै दिनदेखि एक गिरोहले पैसा दिने प्रलोभन दिएर नकली नोटहरूको ठूलो कारोबार चलाइरहेको थियो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी