गुवाहाटीमा हप्ताव्यापी क्षेत्रीय प्रक्रिया प्रयोगशाला कार्यशालाको समापन
गुवाहाटीमा हप्ताव्यापी क्षेत्रीय प्रक्रिया प्रयोगशाला कार्यशालाको समापन


गान्तोक, 17 अगस्त (हि.स.)। आदि कर्मयोगी अभियानको लोगि सात दिवसीय क्षेत्रीय प्रक्रिया प्रयोगशाला कार्यशाला गुवाहाटीमा 11 देखि 17 अगस्तसम्म आयोजन गरियो। कार्यक्रममा सिक्किम लगायत असम, मिजोरम र नागाल्याण्ड राज्यको सामाजिक कल्याण विभाग, ग्रामीण विकास विभाग, शिक्षा विभाग र वन विभागका अधिकारीहरू सहभागी बनेका थिए। कार्यक्रमको उद्घाटन असम सरकारको जनजाति मामिला मन्त्री डा. रानोज पेगुले गरेका थिए।

क्षेत्रीय प्रक्रिया प्रयोगशाला सहभागी अधिकारीहरूका लागि सहयोगात्मक र गहन शिक्षण अनुभवलाई सहज बनाउन डिजाइन गरिएको थियो। कार्यक्रमको उद्देश्य अधिकारीहरूलाई आ-आफ्नो क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र आ-आफ्नो राज्यमा आदिवासी जनजातिको समग्र विकासमा योगदान पुर्‍याउन आवश्यक सीप र ज्ञानले सुसज्जित गर्नु थियो।

प्रयोगशालामा विभिन्न अन्तरक्रियात्मक सत्रहरू, कार्यशालाहरू, समूह छलफलहरू, समूह गतिविधिहरू र प्रस्तुतीकरणहरू समावेश थिए। सहभागीहरूले आ-आफ्नो राज्यका अनुभवहरू र उत्कृष्ट अभ्यासहरू पनि साझा गरे।

आदि कर्मयोगी अभियान भारत सरकारको आदिवासी मामिला मन्त्रालयको एक ध्वजवाहक कार्यक्रम हो जसको उद्देश्य देशका एक लाखभन्दा धेरै आदिवासी गाउँहरूमा शासन र विकास प्रदान गर्न 20 लाख प्रशिक्षित तृणमूल स्तरका परिवर्तनकारी नेताहरूको क्याडर निर्माण गर्नु हो। क्षेत्रीय प्रक्रिया प्रयोगशाला कार्यक्रमका सहभागी अधिकारीहरूले आ-आफ्नो राज्यमा सकारात्मक परिवर्तन ल्याउन स्टेट मास्टर ट्रेनर्सको रूपमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सामाजिक कल्याण विभागले विज्ञप्तिमा जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande