नूरपुरमा चाम्बाका दुई युवकबाट हेरोइन जफत
नूरपुरमा चाम्बाका दुई युवकबाट हेरोइन जफत


धर्मशाला, 17 अगस्त (हि.स.)। पुलिस जिल्ला नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत नशा माफिया विरूद्ध कारबाहीमा पुलिस थाना नूरपुरको अधीनस्थ कण्डवालको चक्की पुलमा पेट्रोलिङमा 6.36 ग्राम हेरोइन जफत गरिएको छ। यस अवधि कुशनिवेश शर्मा पुत्र राजेन्द्र प्रसाद र हर्षित महाजन पुत्र राजेश महाजन दुवै निवासी गाउँ टुण्डी तहसील सिहुन्ता, जिल्ला चम्बालाई पक्राउ गरेको छ। उपरोक्त आरोपीहरू विरूद्ध पुलिस थाना नूरपुरमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।

एसपी नूरपुर अशोक रत्नले बताए, आरोपीहरूलाई पक्राउ गरी आगामी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande