फिरोजाबाद, 17 अगस्त (हि.स.)। सरकारी ट्रमा सेन्टरमा आइतवार मानवतालाई नै लज्जित पार्ने मामिला सामु आएको छ। यहाँको बाथरूममा एक नजवात कन्या शिशुको शव भेटिएको छ। घटनाको जानकारी पाएपछि अस्पतालका कर्मचारीहरू भेला भए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि शवगृहमा रखाएको छ।
सरकारी ट्रमा सेन्टरको बाथरूममा आइतवार एकजना महिला गएकी थिइन् जहाँ उसले नवजात कन्याको शव देखेर हक्क न बक्क भइन्। चिच्याउँदा सब मानिसहरू भेला भए। महिलाले यसको सूचना तुरून्त अस्पताल प्रशासनलाई दिइन्। त्यसपछि अस्पतालका सफाई कर्मचारी घटनास्थलमा पुगे जसले नवजात कन्याको शवलाई बाहिर निकाले।
अस्पताल प्रशासनले यस मामिलालाी गम्भीर रूपमा लिएर पुलिसलाई सूचि गऱ्यो। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिस र अस्पताल प्रशासनले सीसीटीभी फुटेजको सहयोगले घटनाको जाँज गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा