बिश्वनाथ (असम), 17 अगस्त (हि.स.)। गहपुरको रंगाजानमा आइतवार भोर बिहान आएको तीव्र हुरीले क्षेत्रमा ध्वंस मच्चायो। हुरीको कारण एउटा ठूलो रूख ढल्यो जसको चपेटमा परी एक जना महिलाको मृत्यु भयो भने एक जना बालक घाइते भयो।
जानकारी अनुसार हुण्डरीको कारणले रूख ढल्यो परिणामस्वरूप घरभित्र सुतिरहेकी महिलाको मृत्यु भयो साथै उसको 5 वर्षीय छोरा गम्भीर रूपमा घाइते भयो। मृत महिलाको पहिचान सोनिता दैमारी (40)- को रूपमा गरिएको छ। यस दुर्घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक फैलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा