गान्तोक, 17 अगस्त (हि.स.)। कर्मचारी राज्य बीमा निगम (ईएसआईसी), गान्तोकले कर्मचारी भविष्य निधि सङ्गठन (ईपीएफओ), विशेष राज्य कार्यालय, गान्तोकको सहयोगमा 27 अगस्त, 2025 मा गान्तोकस्थित राजसन्स मोटर वर्कशपमा जागरूकता तथा शिकायत निवारण शिविर- सुविधा समागम आयोजन गर्नेछ। उक्त जानकारी पीआईबीले आज दिएको छ।
यो कार्यक्रम सिक्किममा एक ऐतिहासिक हुनेछ, किनकि ईएसआईसी र ईपीएफओ दुवै निधि आपके निकटको ब्यानरमा एक साझा मञ्चमा मिलेर संयुक्त शिकायत निवारण तथा जागरूकता सेवाहरू प्रदान गर्नेछ।
कार्यक्रम बीमित व्यक्ति र सदस्यहरूको शिकायतको समाधान, नियोक्ता र कर्मचारीहरूलाई ईएसआईसी र ईपीएफओ लाभहरूको बारेमा मार्गदर्शन प्रदान गर्नु, सामाजिक सुरक्षा योजनाहरूको बारेमा जागरूकता बढाउनु, स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीद्वारा आधिकारिक रूपमा शुरु गरिएको प्रधानमन्त्री विकसित भारत योजना (पीएमभीबीवाई) को विवरण सबै उपस्थित सदस्य र नियोक्ताहरूलाई साझा गर्नु र यस क्षेत्रका श्रमिकहरूको लाभका लागि दुई प्रमुख सामाजिक सुरक्षा सङ्गठनहरू बीच समन्वयलाई सुदृढ पार्नुका केन्द्रित रहने बताइएको छ।
नियोक्ता, कर्मचारी, बीमित व्यक्ति र आम जनता सहित सबै हितधारकहरूलाई यसमा भा लिन र सेवाहरूको लाभ उठाउनका लागि सादर निमन्त्रणा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल