प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै मुख्यमन्त्रीले भनिन्- सपनालाई साकार बनाउँदै डबल इञ्जिनको सरकार
प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै मुख्यमन्त्रीले भनिन्- सपनालाई साकार बनाउँदै डबल इञ्जिनको सरकार


नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार द्वारक एक्सप्रेसवे र अर्बन एक्सटेन्शन रोड-2 (यूईआर-2)-को उपहार दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिइन्। उनले भनिन्, डबल इञ्जिनको सरकारले सड़कदेखि समृद्धि तर्फ सपनाहरूलाई साकार बनाइरहेको छ।

मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा दिल्ली नयाँ शिखर तर्फ अग्रसर भएको छ। उनले भनिन्, प्रधानमन्त्री मोदी देशका ती दूरदर्शी नेता हुन् जसको सोचमा भारतको हरेक नागरिक सामेल छ, जसको नीतिमा भारतको हरेक प्रदेश बराबरको अंशदारी छ, जसको संकल्पमा भारतको हरेक नागरिकले आफूले-आफैलाई सुरक्षित महसूस गर्दछन्।

उनले भनिन्, प्रधानमन्त्री मोदी ती शक्ति हुन् जसले राजनीतिदेखि माथि उक्लेर राष्ट्र हितलाई सर्वोपरि राखे। प्रधानमन्त्री मोदीको नेतृत्वमा राष्ट्र-निर्माणको यो गाथाले केवल विकासको परियोजनाहरूसम्म मात्र सीमित छैन जबकि आत्मनिर्भरता, सांस्कृतिक पुनर्जागरण औ अन्त्योदयको संकल्पनालाई मूर्त रूप प्रदान गरिरहेको छ। उनले भनिन्, दिल्लीको यो स्वागत त्यस अटल विश्वासको प्रतीक हो कि आगामी दिनमा अझ सशक्त, समृद्ध औ संस्कारित भारत हुनेछ।

मुख्यमन्त्रीले भनिन्, हरेक नागरिकको जीवनलाई सहज बनाउन अनि 'इजी अफ लिभिंग'-लाई साकार बनाआुने दिशामा दिल्लीको डबल इञ्जिनको सरकार निरन्तर कार्यरत छ। उनले भनिन्, द्वारका एक्सप्रेसवे औ अर्बन एक्सटेन्शन रोड-2 जस्तो दूरगामी परियोजना दिल्लीवासीलाई उत्कृष्ट कनेक्टिभिटी, सुगम यात्रा तथा आधुनिक बनियादी ढाँजाको उपहार हो। यो सड़क मात्र नभएर विकसित भारत-विकसित दिल्लीको हाम्रो संकल्पको सशक्त आधार हो। मुख्यमन्त्रीले सबै दिल्लीवासीको तर्फबाट प्रधानमन्त्री मोदीलाई हृदयबाटै आभार अनि अभिनन्दन गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande