दाज्युको हत्या गरी शवलाई बगैचामा दफनाइयो, आरोपी पक्राउ
दाज्युको हत्या गरी शवलाई बगैचामा दफनाइयो, आरोपी पक्राउ


शोणितपुर (असम), 17 अगस्त (हि.स.)। शोणितपुर जिल्लाको रंगापारामा भाइले दाज्युको हत्या गरी शवलाई बगैचामा दफनाइदियो। आइतवार बिहान जिनी दाहांगालाई नदेख्दा मानिसहरूले शंका गरे अनि मानिसहरूले कड़ाईपूर्वक जाँचबुझ गर्दा सम्पूर्ण घटनाक्रमको खुलासा भयो।त्यसपछि घटनाको जानकारी रंगापाड़ा पुलिसलाई दिइयो।

जिनी दाहांगाको हत्या गरी शवलाई लुकाउनको लागाि भाइले जमीनमा दफ्नाइदियो। मानिसहरूको भनाइ थियो, गए राती दुई दाज्यु-भाइ जिनी दाहांगा र बनिपास दाहांगाबीच ठूलो झगड़ा भएको थियो।

जानकारी अनुसार बनिपास दाहांगा र जिनी दाहांगाबीच बितेको राती विवाद भएको थियो। अत्यधिक मातेको कारणले बनिपास दाहांगाले फलामको रडले आफ्नो दाज्युको टाउकोमा हमला गरेको थियो जसले गर्दा जिनी दाहांगाको घटनास्थलमै मृत्यु भयो। पछि बनिपास दाहांगाले घर नजिकै बगैचामा खाल्डो खनेर जिनी दाहांगाको शवलाई दफन गरिदियो।

बिहान स्थानीय मानिसहरूले जिनीलाई नदेखेर सन्देह व्यक्त गरे। किनभनने राती दुई दाज्यु-भाइमाझ जगड़ा भएको थियो। गाउँका मानिसहरूले जाँचबुझ ग र्दा सम्पूर्ण घटना उजागार भयो। त्यसपछि गाउँलेले रंगापाड़ा पुलिसलाई घटनाको सूचना दिए।

सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले खाल्दो खनेर जिनीको शवलाई बाहिर निकाल्यो। रंगापाड़ा पुलिसले आरोपी बनिपासलाई पक्राउ गरी शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande