गान्तोक, 17 अगस्त (हि.स.)। सोरेङ जिल्ला पुलिसले प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम पासाङ भोटिया बताइएको छ। 32 वर्षीय आरोपी हाउजिङ कलोनी, नयॉं बजार निवासी हुन्।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सोरेङ जिल्ला अन्तर्गत नयॉं बजार पुलिस स्टेशनले फरेस्ट बङ्गलो, नयॉं बजार छेउ एउटा ट्याक्सीबाट पासाङ भोटिया नामक व्यक्तिलाई नशालु पदार्थको साथमा पक्राउ गऱ्यो। यो घटना शुक्रवार राति लगभग 9 बजीको हो।
बैगुनेका बीडीओ प्रमिला गुरुङको उपस्थितिमा पुलिस अधिकारीहरूले गरेको वाहन जॉंच अवधि 18 स्ट्रिप्समा 144 वटा निलो रङ्गको विन्डलास विनस्पास्मो फोर्टे क्याप्सुल र नगद 4600 रूपियॉं जफत गरियो। यस घटनाको सम्बन्धमा एनडीपीएस एक्ट, 1985 र साडा 2006 अन्तर्गत मामिला दर्ता गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, आरोपी पासाङ भोटिया एक अभ्यस्त लागूऔषध तस्कर हुन् र लामो समयदेखि सोरेङ जिल्ला पुलिसको रडारमा थिए। सोरेङ जिल्ला पुलिस सोरेङ जिल्ललाई ड्रग्स मुक्त जिल्ला बनाउन समर्पित र प्रतिबद्ध रहेको बताउॅंदै ड्रग्स दुरुपयोग विरुद्धको लड़ाईमा नागरिक समाजलाई पनि हात मिलाउन आह्वान गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल