गान्तोक, 17 अगस्त (हि.स.)। मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार लिम्बूकी आमा रत्नमाया लिम्बूको निधन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले उनको निधनमा गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा विधायक सुदेश कुमार लिम्बूकी आमा रत्नमाया लिम्बूको निधनको भएको खबर सार्वजनिक गर्दै गहिरो दु:ख व्यक्त गरेका छन्। उनले यस दु:खको घडीमा शोक सन्तप्त परिवार र साथभाइहरूमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उनका प्रियजनहरूले उनले छोडेका सम्झनाहरूबाट बल र सान्तवना पाउन सकून् भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल