सवा लाख लुड्डीहरूको महाभोग लाग्यो
उज्जैन, 09 अगस्त (हि.स.)। देशभरिमा आज (शनिवार) रक्षाबन्धनको चाँड़ धूमधामले मनाइँदैछ। परम्परा अनुसार, देशमा सर्वप्रथम मध्य प्रदेशको उज्जैनस्थित विश्व प्रसिद्ध ज्योतिर्लिङ भगवान महाकालेश्वर मन्दिरमा रक्षाबन्धन मनाइयो। यहाँ शनिवार बिहानै भस्म आरतीपछि पुजारी परिवारका महिलाहरूले बाबा महाकाललाई पहिलो राखी अर्पित गरे। यस अवधि पुजारी परिवारद्वारा भगवान महाकाललाई बेसनको सवा लाख लड्डूको भोग लगाइयो।
ज्ञात होस्, देशमा सबै चाँड़हरू सर्वप्रथम महाकालेश्वर मन्दिरमा मनाइने परम्परा छ। रक्षाबन्धनमा शनिवार बिहानै 3 बजी भस्म आरतीको निम्ति मन्दिरको पट खोलिएपछि सर्वप्रथम भगवान महाकालको पंचामृतले अभिषेक गरियो। यसपछि भगवानको विशेष श्रृंगार गरियो। भस्म आरतीमा अमर पुजारीको परिवारको महिलाहरूद्वारा तयार पारिएको राखी भगवान महाकाललाई अर्पित गरियो। यसको साथ देशभरिमा रक्षाबन्धन पर्वको शुरूआत भएको छ। भगवान महाकाललाई राखी बाँधेपछि भस्म आरतीमै सवा लाख लड्हरूको महाभोग लगाइयो। यस महाभोगको तयारी गत चार दिनदेखि चलिरहेको थियो।
यस पाली जुन राखी भगवान महाकाललाई अर्पित गरियो, त्यसमा मखमलको लुगा, रेशमी धागो र मोतीको उपयोग गरिएको छ। राखीमा भगवान गणेशलाई विराजित गरिएको छ। यो एक वैदिक राखी हो, जसले शास्त्रहरूमा ठूलो महत्व राख्दछ। यसमा लौंग, इलायची, तुलसीका पत्ता र बिल्ब पत्र जड़ेका हुन्छन्। यसलाई अभिमन्त्रित गरिन्छ। यो राखी बाँधेर पुजारी परिवारद्वारा देश र विश्वको कल्याणको मनोकामना गरियो।
मन्दिर प्रबन्धन अनुसार, महाकाल मन्दिरको पुजारी परिवार द्वारा हरेक वर्ष भगवानको निम्ति राखी आफ्नो हातले तयार गरिन्छ। यस पाली राखीमा मखमलको लुगा, मोती र रेशमी धागाको उपयोग गरेर आकर्षक- परम्परागत राखी तयार पारिएको छ। राखीको केन्द्रमा भगवान गणेश विराजीत छन्। यस पाली पं. अमर पुजारीको परिवारद्वारा भगवानको चरणहरूमा बेसन, शुद्ध घी र सूखा मेवेले निर्मित सवा लाख लड्डुहरूको भोग लगाइयो।
महाकाल मन्दिरका पुजारी महेश शर्माले बताए, महाकाललाई राखी बाँध्ने यो परम्परा शताब्दीऔं पुरानो हो। जुन बहिनीहरूका भाई हुँदैनन्, उनीहरूले महाकाललाई आफ्नो भाई मानेर राखी बाँध्छन् र उनीहरूको दीर्घायुको कामना गर्छन्, यसैले यस दिन मन्दिरमा भक्तहरूको भीड़ लाग्छ। यहाँ देशभरिबाट आउने श्रद्धालुहरूले भगवान महाकालको चरणहरूमा राखी अर्पित गर्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी