दिल्लीको जैतपुरमा पर्खाल झर्दा सातको मृत्यु
दिल्लीको जैतपुरमा पर्खाल झर्दा सातको मृत्यु


नयाँ दिल्ली, 09 अगस्त (हि.स.)। दक्षिण-पूर्व दिल्लीको जैतपुर क्षेत्रमा वर्षाको कारण पर्खाल झर्दा शनिवार सात जनाको मृत्यु भयो।

पुलिस अनुसार, लगातार अविल वर्षाबीच भएको यस दुर्घटनामा आठ जना घाइते भएका थिए। यसमध्ये पाँच जनालाई सफदरजंग अस्पताल लगियो, जहाँ चार जनाको मृत्यु भयो। अन्य तीनलाई अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को ट्रामा सेन्टरमा भर्ती गराइयो, जहाँ तीनैको मृत्यु भयो। एक व्यक्ति हाशिबुल अहिले सफदरजंग अस्पतालमा उपचाराधिन छ। मृतकहरूमा तीन पुरुष– शबीबुल (30), रबीबुल (30) र मुत्तू अली (45); दुई महिला – रूबीना (25) र डोली (25) तथा दुई बालिकाहरू- रुखसाना (6) र हसीना (7) सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande