कुलगाम आतङ्की भिडन्तमा सेनाका 2 जवान बलिदान, 2 जवान घाइते
कुलगाम आतङ्की भिडन्तमा सेनाका 2 जवान बलिदान, 2 जवान घाइते


श्रीनगर, 09 अगस्त (हि.स.)। जम्मू-कश्मीरको कुलगाम जिल्ला अखलको जङ्गलमा आतङ्कवादीहरूसॅंग रातभरि चलेको भिडन्तमा सेनाका दुई जवान बलिदान भएका छन् भने दुई अन्य घाइते भएका छन्। यो घाटीमा सबैभन्दा लामो आतङ्कवादरोधी अभियानहरू मध्ये एक हो। शनिवार अभियानको नौंऔं दिन हो। अधिकारीहरूले उक्त जानकारी दिए।

सेनाको श्रीनगरस्थित चिनार कोरले एक्स पोस्टमा भिडन्तमा बलिदान भएका जवानहरूलाई श्रद्धाञ्जली दिॅंदै आतङ्कवादीहरूसॅंग भिडन्त जारी रहेको बताएको छ। दक्षिण कश्मीर जिल्लाको अखलको जङ्गलमा आतङ्कवादीहरूको उपस्थितिको गुप्त जानकारीपछि सुरक्षा बलहरूले 1 अगस्तमा घेराबन्दी र खोजी अभियान शुरू गरेको थियो। भिडन्तमा अहिलेसम्म दुई आतङ्कवादी गरिएका छन्।

शनिवार एक्स पोस्टमा चिनार कोरले भनेको छ, 'चिनार कोर राष्ट्रको लागि कर्तव्य निर्वाह गर्दै बहादुर लेफ्टिनेन्ट कमाण्डर प्रीतपाल सिंह र सिपाही हरमिन्दर सिंहको सर्वोच्च बलिदानको सम्मान गर्दछ। उनीहरूका साहस र समर्पणले हामीलाई सदैव प्रेरित गरिरहनेछ।'

सेनाले भनेको छ, 'सेना शोक सन्तप्त परिवारहरूसॅंग एक एकजुटताका साथ उभिएको छ।' अधिकारीहरूले रातभरि चलेको गोलीबारीमा दुई अन्य जवान घाइते भएको र यस अभियानमा घाइते जवानहरूको संख्या 9 पुगेको बताएका छन्।

सुरक्षा बलहरूले जङ्गल क्षेत्रमा आतङ्कवादीहरूको पत्ता लगाउन ड्रोन र हेलीकप्टरहरू तैनात गरेको छ। प्यारा कमाण्डोले पनि लुकेर बसेका आतङ्कवादीहरूलाई निष्क्रिय पार्न सुरक्षा बलहरूलाई सहयोग गरिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande