सचिवालय अभियानमा झड़प- आरजी कर पीड़िताकी आमा घाइते, पुलिसमाथि लाठीचार्जको आरोप
आरजी


कोलकाता, 09 अगस्त (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा शनिवार नवान्न (सचिवालय) अभियानमा मचेको हंगामामा आरजीकर मेडिकल कलेज एवं अस्पतालको यौन उत्पीड़न पीड़िताकी आमा घाइते भइन्। उनको आरोप छ, महिला पुलिसकर्मीहरूले लाठीचार्ज गरे, जसबाट उनको टाउकोमा चोट लाग्यो र हातको शंखा (चूड़ा) भाँचियो।

जानकारी अनुसार, पीड़िताका आमा-बाबूले स्वयं यस अभियानको आह्वान गरेका थिए, जसमा भारतीय जनता पार्टी (भाजपा) ले पनि समर्थन दिएको थियो। शनिवार दिउँसो लगभग 12 बजी धर्मतलाबाट नवान्नतिर ऱ्याली शुरू भयो। पीड़िताका आमा-बाबू पनि यस जुलूसमा सामेल थिए। ऱ्याली जब पार्क स्ट्रीट मोड़ पुग्यो तब पुलिसले उनीहरूलाई रोक्यो। सोही अवधि प्रदर्शनकारीहरू र पुलिसबीच धक्का-मुक्की शुरू भयो।

पीड़िताकी आमाले दाबी गरेकी छन्, यस झड़पमा महिला पुलिकर्मीहरूको लाठी उनको टाउकोमा लाग्यो, जसबाट टाउको सुन्नियो र उनको हातको चूड़ा टुट्यो। झड़पपछि पनि पीड़िताका आमा-बाबू लगभग 30 समर्थकको साथ रेसकोर्स हुँदै विद्यासगर सेतुतिर बढ्नथाले। यस समूहमा नेता प्रतिपक्ष एवं भाजपा विधायक शुभेन्दु अधिकारीका निकटतम कौस्तव बागची र प्रीतम दत्ता पनि उपस्थित थिए।

यद्यपि, रेसकोर्स नजिक पुलिसले उनीहरूलाई फेरि रोक्यो। त्यहाँ पहिले फलामको ग्रिल, फेरि काठको संरचना र त्यसपछि बाँसको बेरिकेडिङ लगाइएको थियो। ऱ्याली शुरू हुन अगावै धर्मतलामा पुगेका पीड़िताका बाबूले पुलिसमाथि उत्पीड़नको आरोप लगाए। उनले भने, हाम्रो गाड़ीको नम्बर हरेक ठाउँ दिइएको थियो फेरिपनि हामीलाई धेरै पल्ट रोकियो। पुलिसदेखि लुकेर यहाँ पुग्नुपऱ्यो। हाईकोर्टले शान्तिपूर्ण प्रदर्शनको अनुमति दिएको थियो तरैपनि ठाउँ-ठाउँ बैरिकेड लगाइयो।

विधानसभाबाट निस्केर शुभेन्दु अधिकारी पनि लगभग 11:45 बजी ऱ्य़ालीमा सामेल भए। प्रस्थान हुन अगाड़ी उनले भनेका थिए, हामी कुनै टकराउमा पर्नेछैनौं। उनले पुलिसको कारबाहीलाई लिएर सोधे, यति बैरिकेड लगाउने आवश्यकता किन ? साथै मुख्यमन्त्री ममता ब्यानर्जीलाई लक्षित गर्दै भने, उनी सबैको मुख्यमन्त्री बनेर काम गर्नमा विफल रहेकी छन्।

आरजी कर काण्डको केन्द्रिय जाँच ब्यूरो (सीबीआई) सित जाँचलाई लिएर शुभेन्दु अधिकारीले भने, उच्च न्यायालय र उच्चतम न्यायालयको आदेशमा सीबीआईले जाँच गरिरहेको छ। यदि जाँचमा कुनै आपत्ति छ भने अदालतमा शिकायत गर्नसकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande