दुर्गा पूजामा पनि थामिने छैन वर्षा, मौसम विभागले दियो चेताउनी
दुर्गा पूजामा पनि थामिने छैन वर्षा, मौसम विभागले दियो चेताउनी


कोलकाता, 10 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा सेप्टेम्बरको दोस्रो सातामा पनि वर्षाको सिलसिला जारी रहनेछ। मौसम विभागले पूर्वानुमान व्यक्त गरेको छ, आगामी साता राज्यका धेरैवटा भागहरूमा मनसुन सक्रिय हुनसक्छ। अहिलेघरि मनसुनी अक्षरेखा दक्षिण ओडिशा नजिकै अवस्थित छ जुन चाँड़ै नै उत्तर दिशा तर्फ बढ़्दै दक्षिण बंगालमा आउनसक्छ। यसको प्रभावले राज्यमा छरिएर वर्षा हुन सक्ने सम्भावना रहेको छ। दुर्गा पूजापूर्व अविरल वर्षाले पूजा आयोजक तथा कुम्हालेहरूका लागि समस्या बढ़ाउन सक्छ।

मौसम विभागले बताएको छ, बुधवार अपरान्हसम्म दक्षिण बंगालमा तीव्र गर्मी तथा आद्रता कायम रहनेछ। अपरान्हपछि मेघ गर्जनसितै छरिएको वर्षा हुनसक्छ। पूर्व एवं पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद, पुरुलिया, बाँकुड़ा र उत्तर तथा दक्षिण 24 परगना जिल्लामा हल्कादेखि मध्यम वर्षा एवं हुरी आउने पूर्वानुमान व्यक्त गरिएको छ। आगामी बिहवार र शुक्रवार दक्षिण बंगालभरि नै हल्कादेखि मध्यम वर्षा हुनेछ जसपश्चात आद्रता र गर्मीदेखि राहत पाइनेछ। तथापि शनिवारदेखि तापमान अझ बढ़्नसक्छ र आद्रताजनित गर्मी फर्किनसक्छ।

उत्तर बंगालमा बुधवार रातिसम्म घनाभन्दा घना वर्षाको अलर्ट जारी गरिएको छ। अलिपुरद्वारमा अति भरी वर्षा तथा दार्जिलिङ, कालेबुङ, ज लपाईगुड़ी र कुचबिहार जिल्लामा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। आगामी बिहिवारदेखि वर्षाको तीव्रता केही कम हुनेछ, तर आइतवारसम्म यी पाँचै पहाड़ी जिल्लाहरूमा छुटपुट वर्षा भइरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande