राज्यपाललाई 'नथुला विजय दिवस' को निमन्त्रणा
राज्यपाललाई 'नथुला विजय दिवस' को निमन्त्रणा


गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। 17औं माउण्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ, मेजर जनरल एमएस राठोड़ले बुधवार बिहान सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यो भेट भोलि 11 सेप्टेम्बर, 2025 मा नथुला पासमा प्रस्तावित 'नथुला विजय दिवस' लाई लिएर गरिएको बताइएको छ। भारतीय सेनाका वीर शहीदहरूको स्मृतिमा हरेक वर्ष सो दिवस मनाउने गरिन्छ।

राजभवन अनुसार, मेजर जनरल राठौड़ले कार्यक्रममा उपस्थितिको लागि राज्यपाललाई औपचारिक निमन्त्रणा दिए। यस अवसरमा उनले राज्यपाललाई कार्यक्रमको रूपरेखा साझा गरे। राज्यपालले निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रमको सफलताको लागि आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande