बंगाल बालुवा तस्करीका मुख्य टाउके ईडीको रडारमा
बंगाल बालुवा तस्करीका मुख्य टाउके ईडीको रडारमा


कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा अरबौं रुपियाँको बालुवा तस्करी मामिलामा प्रवर्तन निदेशालय (ईडी)-ले दुई प्रमुख आरोपी क्रमैले शेख जाहिरूल अली र सौरभ रायपछि अब मुख्य टाउके सञ्जीव बयडको बारेमा पत्तो लगाएको छ।

ईडी सूत्र अनुसार सञ्जीव बयड भारतीय बीमा विनियामक एवं विकास प्राधिकरण (आईआरडीएआई)-बाट प्रमाणित एकजना बीमा एजेन्ट हुन्। तर जाँच एजेन्सीले शंका व्यक्त गरेको छ, उसको बीमाको कारबार मुखौटो मात्र थियो। असली काम अवैध व्यापारीहरूको लागि हवाला एजेन्टको रूपमा काम गर्नु थियो। भनिँदैछ, बयडले यी अवैध व्यापारबाट हुने कमाईलाई विदेशमा पुऱ्याउनमा मद्दत मात्र गर्दैनथ्यो, त्यस धनको एक भाग विदेशी सम्पत्तिहरूमा निवेश गर्ने व्यवस्था पनि गर्थ्यो।

यसै सप्ताह ईडीले शेख जाहिरूल र सौरभविरूद्ध राज्यभरि नै खानतलासी अभियान संचालन गरेको थियो। यस अवधि कोलकाताको बाहिरी क्षेत्र रिजेन्ट कलोनीस्थित बयडको कार्यालय तथा आवासमा पनि खानतलासी गऱ्यो। यहाँ शेख जाहिरूल र सौरभसित व्यापारिक सम्बन्ध रहेको प्रमाण एजेन्सीको हातमा परेको छ।

ईडी सूत्र अनुसार छापामारीमा बयडको एक कर्पोरेट संस्थानसित सम्बन्ध रहेको प्रमाण पनि पाइयो जुन बालुवा खनन र व्यापारसित सम्बन्धित छ। यो कम्पनीलाई कोलकाताको दक्षिण भाग बेहाला र सल्ट लेकस्थित दुई कार्यालयबाट संचालन गर्दछ। यस अतिरिक्त जाँच एजेन्सीलाई बयडको सम्पर्कमा रहेका अन्य व्यक्ति अनि संस्थाहरूको नाम पनि थाहा लागेको जसलाई राज्यका भिन्न-भिन्न भागहरूबाट संचालन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande