खरसाङ, 11 सेप्टेम्बर (हि.स.)। गोराबारी/मार्गरेट्स होप ग्राम पञ्चायत अन्तर्गत नेहूर बालासन चिया बगानमा दुईवटा बुथहरुलाई लिएर हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम सम्पन्न गरिएको छ। पश्चिम बंगाल राज्य सरकारद्वारा गाउँ स्तरीय विकासका आवश्यकताहरूलाई चिन्हित गरेर जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू लगायत स्थानीय ग्राम पञ्चायात सदस्यहरू अनि गाउँलेहरूको संयुक्त प्रयासमा कार्यान्वयन गर्ने योजना रहेको उक्त कार्यक्रममा सहभागी गाउँलेहरूलाई अवगत गराइयो।
ग्राम पञ्चायात प्रधान पेम्बा तामाङले भने, राज्य सरकारका योजनाहरू पानी आपूर्ति, सड़क मरम्मति, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुविधा विस्तार, स्ट्रीट लाइट जड़ान आदि जनमुखी योजनाहरूको लाभ स्थानीय जनसाधारण नागरिकहरूले आवश्यै पाउने छन्। यी योजनाहरू सरकार र साधारण जनताबीच प्रत्यक्ष संवादको माध्यम बनेको छ। उनले 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत उठाइएका समस्याहरू छिट्टै समाधान हुने भरोसा दिलाएका छन्।
हिन्दुस्थान समाचार / हनोक