लङ्भ्यू चिया बगानमा केवल 10 प्रतिशत बोनस दिने भनिएपछि श्रमिकहरूको गेट मिटिङ शुरू
लङ्भ्यू चिया बगानमा केवल 10 प्रतिशत बोनस दिने भनिएपछि श्रमिकहरूको गेट मिटिङ शुरू


खरसाङ, 11 सेप्टेम्बर (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीको मालिकले 2024-25 अर्थात् यस वर्षको पूजा बोनस दुई किस्ती गरेर केवल 10 प्रतिशत मात्र दिने भन्दै गत 6 सेप्टेम्बरको दिन श्रम विभागलाई पत्राचार गरेका थिए। यस अघि नै हिल प्लान्टेशन इम्प्लोइज युनियनको तर्फबाट प्रबन्धक एपी सिंहसँग भेट गरेर 10 सेप्टेम्बरसम्म 20 प्रतिशत बोनस वितरण गर्नुपर्ने माग राखिएको थियो।

तर, 10 सेप्टेम्बर बितेर जाँदा पनि बोनसबारे कुनै प्रकारको निर्णय नदिएपछि 11 सेप्टेम्बर, 2025 देखि लङ्भ्यू चियाबारीका श्रमिकहरूले गेट मिटिङ शुरू गरेका छन्।

स्मरण रहोस्, गत वर्ष पनि 34 दिनको अनशनपछि मात्र लङ्भ्यू कमानका श्रमिकहरुले बोनस पाएका थिए। यसका साथै यस वर्षको फर्स्ट फ्लसको समय पनि श्रमिकहरूले कम्पनीसँग वार्ताको माग गरेका थिए। तर कम्पनी पक्षले श्रमिकहरूको वार्ताको मागलाई बलपूर्वक दमन गरेको हिल प्लान्टेशन इम्प्लोइज युनियनले बताएको छ।

लङ्भ्यू चियाबारीमा‌ बिहिवारदेखि गेट मिटिङ शुरू भएको छ भने सरकारी एड्भाइजरी मियाद अनुसार 20 प्रतिशत बोनस एकै किस्तीमा नदिए गेट मिटिङले सडक आन्दोलनको रूप लिन सक्ने छॉंट देखिएको पनि युनियन पक्षले बताएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande