कोकराझार (असम), 11 सेप्टेम्बर (हि.स.)। कोकराझार जिल्ला न्यायाधीश मासांडा पार्टिनले आगामी बोड़ोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी) चुनाउ अवधि ड्राई डे- को रूपमा घोषित दिनहरूमा जिल्लामा मदिरा तथा अन्य मादक पदार्थहरूको बेच-बिखन एवं सेवनमाथि रोक लगाइने निर्देश जारी गरेका छन्। यो आदेश जनप्रतिनिधित्व अधिनियम, 1951-को 135 (ग) धारा अनुसार तथा असम आबकारी नियम- 2016 को नियम 326(क) अन्तर्गत जारी गरिएको हो।
यस निर्देश अनुसार आगामी 20 सेप्टेम्बरको बिहान 4:00 बजेदेखि 22 सेप्टेम्बर बिहान 4:00 बजेसम्म मतदानको समय समाप्त नहुञ्जेलसम्म मदिरा सेवनमाथि रोक कायम रहनेछ। 26 सेप्टेम्बर, मतगणनाको दिनलाई पनि ड्राई डे-को रूपमा घोषणा गरिएको छ। यसको साथै यदि आगामी 24 सेप्टेम्बरमा नयाँ मतदान भए यस दिनलाई पनि ड्राई डे- को रूपमा मानिनेछ।
आदेश अनुसार कोकराझार जिल्लाका सबै थोक गोदाम, आईएमएफएल रिटेल स्टोर (अफ र अन), कन्ट्री स्पिरिट स्टोर, क्लब, होटल, रेस्तराँ औ समान संस्थाहरू ड्राई डे-मा बन्द रहनेछन्। व्यक्तिगत रूपमा मदिरा राख्नु पनि प्रतिबन्धित छ। यस आदेशलाई कड़ाईपूर्वक लागू गरिनेछ र आदेशलाई उल्लंघन गरेको पाइए असम आबकारी कानून तथा निर्वाचन नियमहरू अनुरूप कारबाही गरिनेछ।
चुनाउलाई सुचारु रूपमा तथा शान्तिपूर्ण ढंगम संचालन गर्नको लागि जिल्लाधिकारीले सम्बन्धित सबैसित सहयोगको अपील गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा