पालगरमा 129 वटा प्रार्थना स्थलहरूलाई अवैध बताएर कारबाही गर्ने माग
पालगरमा 129 वटा प्रार्थना स्थलहरूलाई अवैध बताएर कारबाही गर्ने माग


मुम्बई, 11 सेप्टेम्बर (हि.स.)। पालघर जिल्लामा 129 वटा क्रिश्चियन प्रार्थना स्थलहरूलाई अवैध बताउँदै त्यसमाथि कारबाही गर्ने माग उठाइएको छ। संस्कृति संरक्षण समितिका प्रतिनिधिहरूले जिल्लाधिकारी इन्दु रानी जाखड़लाई ज्ञापन सुम्पिएर राज्य सरकारसित धर्मान्तरण विरोधी कानून लागू गर्ने अपील गरे। सो ज्ञापन स्वामी भारतानन्द सरस्वतीजी महाराजको मार्गदर्शनमा सुम्पिइएको हो। यस अवसरमा समितिका पदाधिकारीहरू क्रमैले मोहन महाराज शिंगडा, रवीन्द्र रहालकर, विहिपका जिला अध्यक्ष महावीर सोलंकी, आदिवासी मित्र मण्डलका संस्थापक सन्तोष जनाठे, बजरंग दलका नेता चन्दन सिंह, अनन्त कुडू, भारती ताई, रवी शिवदे, प्रभाकर पाटील र मुकलेश गिरी सहित केही संगठनका पदाधिकारीगण एवं प्रभावित गाउँहरूका नागरिक उपस्थित थिए।

आदिवासीहरूलाई भ्रममा राखेको आरोप-

समितिको भनाइ छ, पालघर जिल्ला आदिवासी बहुल क्षेत्र हो जहाँ कृषक, श्रमिक तथा रोजगारको खोजीमा आएका श्रमिकहरू बसोबास गर्दछन्। समितिले आरोप लगायो, पछिल्लो केही वर्षदेखिको जिल्लाका सयकड़ौं गाउँहरूमा बुधवार, बिहीवार, आइतवार वा अऩ्य दिनहरूमा क्रिश्चियन प्रार्थना सभाहरू आयोजना हुँदै आएको छ। स्वामी भारतानन्द सरस्वतीजी महाराजले भने, यी सभाहरूको माध्यमबाट सिधा-सोझा आदिवासीहरूलाई भ्रमित पारी धर्मान्तरणको दिशामा धकेलिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande