उत्तर 24 परगना, 11 सेप्टेम्बर (हि.स.)। भाजपा नेता औ पूर्व सांसद अर्जुन सिंहको विवादित बयानमाथि तृणमूल कंग्रेसले चर्को प्रतिक्रिया व्यक्त गरेको छ। ब्यारकपुर पुलिस कमिश्नरेटका विभिन्न थानाहरूमा तृणमूल कंग्रेसले उनीविरूद्ध एफआईआर दर्ता गराएको छ।
अर्जुन सिंहले हालैमा बयान दिएका थिए, जसरी नेपालमा भ्रष्टाचारको विरोधमा युवाहरू (18-देखि 30 वर्षका)-ले जन आन्दोलन गरे, त्यसरी नै बंगालका युवाहरूले पनि साहस देखाउनुपर्छ। तृणमूलले यसलाई मुख्यमन्त्री ममता ब्यनर्जीविरूद्ध षड़यन्त्र रचेको तथा हिंसालाई भड़्काउने चेष्टा गरेको बतायो।
तृणमूल सांसद पार्थ भौमिकको निर्देशमा गए बुधवार विभिन्न थानाहरूमा नगरपालिकाका चेयरम्यानहरूले अर्जुन सिंहविरूद्ध सिकायत दर्ता गराएका छन्। भौमिकको आरोप छ, सिंहले वास्वतमा ममता ब्यनर्जीको हत्या गर्ने षड़यन्त्र रचिरहेका छन्।
यद्यपि अर्जुन सिंहलाई यस मामिलामा लापरवाह देखियो। उनले दोहोऱ्याए, “म फेरि भनिरहेको छु कि यस भ्रष्ट सरकारलाई ढाल्नको लागि बंगालमा जन आन्दोलन हुनुपर्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा