कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रले उत्तर बंगालमा शुक्रवारदेखि घनघोर वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभागानुसार यो परिवर्तन चक्रवाती परिसंचरण तथा सक्रिय मनसुन अक्षको कारणले भएको हो।
मौसम विभागले पहिला नै उत्तर बंगालमा भारीभन्दा भारी वर्षा हुने चेताउनी जारी गरेको छ। विशेष।गरी जलपाईगुड़ी र अलिपुरद्वार जिल्लामा आगामी शनिवार भारी वर्षा हुने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, ज लपाईगुड़ी र कुचबिहार जिल्लामा आगामी 24 घण्टामा भारी वर्षा हुनसक्छ। आगामी आइतवार जलपाईगुड़ी, अलिपुरद्वार एवं कुचबिहारमा छरिएको वर्षा हुनेछ भने सोमवार पाँचैवटा जिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ, कुचबिहार, अलिपुरद्वार र जलपाईगुड़ीमा वर्षाको सिलसिला तीव्र हुनेछ। त्यसपछि पनि बंगालका विभिन्न भागहरूमा छरिेको वर्षा जारी रहनसक्छ।
यसबीच मुख्यमन्त्री ममता ब्यनर्जी प्रशासनिक समीक्षा बैठकको सिलसिलामा उत्तर बंगालमा बसेकी छन्। मौसम विभागीय अधिकारीहरूले बताए, उत्तर बंगालमा मौसम द्रूत गतिमा परिवर्तन हुनेछ भने केही जिल्लाहरूमा घना वर्षा हुनेछ। यस सम्बन्धमा चेताउनी जारी गरिएको छ।
दक्षिण बंगालका केही जिल्लाहरूमा बिहीवार साँझदेखि नै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। तथापि कोलकाता सहित दक्षिण बंगालका अन्य भागहरूमा आद्रतापूर्ण गर्मी हुनसक्छ।
मौसम विभागले शुक्रवार र शनिवार पूर्वी मिदनापुर, पश्चिम मिदनापुर, उत्तर 24 परगना, दक्षिण 24 परगना, हावड़ा, नादिया, मुर्शिदाबाद औ पूर्व बर्धमान जिल्लामा पनि वर्षा मेघ गर्जन सहित तीव्र गतिमा हावा चल्ने चेताउनी दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा