जुट मिलका श्रमिकहरूको वेतन रोकियो, दासनगरमा भाजपा प्रदेश अध्यक्ष शमिक भट्टचार्यलाई घेरेर विरोध व्यक्त
जुट मिलका श्रमिकहरूको वेतन रोकियो, दासनगरमा भाजपा प्रदेश अध्यक्ष शमिक भट्टचार्यलाई घेरेर विरोध व्यक्त


हावड़ा, 11 सेप्टेम्बर (हि.स.)। हावड़ाको दासनगर क्षेत्रमा बिहीवार त्यसबेला व्यापक तनाउ उत्पन्न भयो जतिबेला लामो समयदेखिकै वेतन नपाएर रूष्ट आरती कटन मिलका श्रमिकहरूले भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष एवं सांसद शमिक भट्टचार्यलाई घेरेर विरोध प्रदर्शन गरे।

यस अनियन्त्रित विरोध-प्रदर्शनको नेतृत्व तृणमूल कंग्रेसका नेता एवं राज्यका खेल राज्य मन्त्री मनोज तिवारीले गरे। श्रमिकहरूले मिल प्रबन्धन र केन्द्र सरकार दुवैमाथि लापरवाहीको आरोप लगाउँदै तत्काल बाँकी वेतन भुक्तान गर्ने माग गरे।

स्थिति बिग्रिएपछि ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो। पुलिस अधिकारीहरूले स्थितिलाई नियन्त्रमा राख्न तथा तनाउ हुन नदिनका लागि श्रमिक तथा राजनीत नेताहरूसित बातचित गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande