गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। नथुला विजय दिवसको अवसरमा आज नथुला पासमा एक भव्य एवं ऐतिहासिक समारोह आयोजन गरियो, जसमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यो दिवस 1967 मा भारतीय सेनाद्वारा नथुला र चो ला पासमाथि प्राप्त विजयको स्मृतिमा मनाइन्छ।
कार्यक्रमको शुरुवात सेरेथाङ वार मेमोरियलमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पित गरेर गरियो, जहॉं राज्यपाल र मुख्यमन्त्रीले पुष्पचक्र अर्पण र अमर ज्योति प्रज्वलन गरे। समारोहमा लेफ्टिनेन्ट जनरल सगत सिंहका पुत्र कर्नल
(सेवानिवृत्त) रणविजय सिंह, कुमकुम सिंह, सहित परिवारका सदस्य, 17 माउण्टेन डिभिजनका जनरल अफिसर कमान्डिङ मेजर जनरल एमएस राठौड़ (एसएम, वीएसएम) अतिथिका रूपमा उपस्थित थिए।
राज्यपाल माथुरले लेफ्टिनेन्ट जनरल सगत सिंहको प्रतिमा अनावरण गरे, जसले त्यस युद्धमा भारती सेनाको नेतृत्व गर्दै अद्वितीय साहस र रणनीतिको परिचय दिएका थिए।
शेरेथाङमा आयोजित कार्यक्रममा राज्यपालले भने, 'नथुला विजय दिवस' भारतीय सैन्य इतिहासको स्वर्णिम अध्याय हो। 1967 युद्धका नायक लेफ्टिनेन्ट जनरल सगत सिंह राजस्थानको त्यही राज्यका हुन्, जहाँबाट म आफैं आएको हुँ। उहॉंको साहस, दूरदर्शिता र राष्ट्रप्रति समर्पण हामी सबैका लागि प्रेरणा हो।'
राज्यपालले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई विशेष धन्यवाद दिॅंदै भने, 'गत वर्ष मैले 'नथुला दिवस' लाई 'नथुला विजय दिवस' को रूपमा मनाउन प्रस्ताव राखेको थिए। मुख्यमन्त्री महोदयले यस सुझाउलाई तत्परताका साथ स्वीकार गर्दै केन्द्रको सहमति प्राप्त गरे र यस वर्ष यसलाई साकार गरे। यो निर्णय ऐतिहासिक रूपमा उचित हुनुका साथै वीरगाथालाई सम्मान दिने दिशामा एक महत्वपूर्ण कदम पनि हो।'
कार्यक्रमलाई राजस्थान सरकारका पूर्व मन्त्री राजेन्द्र सिंह राठौड़ले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा राजस्थानबाट आएका लेफ्टिनेन्ट जनरल सगत सिंहका परिजनहरूलाई भारतीय सेनाद्वारा सम्मानित गरियो। राज्यपालले बाबा हरभजन सिंह मन्दिरमा पूर्जा अर्चना गरेर राज्यवासीहरूको सुख, समृद्धि र शान्तिको लागि प्रार्थना गरे।
हिन्दुस्थान समाचार / बिशाल