सफाई कर्मचारीहरू दिल्ली नगरनिगमको सफाई व्यवस्थाको मेरूदण्ड हुन्ः मेयर
सफाई कर्मचारीहरू दिल्ली नगरनिगमको सफाई व्यवस्थाको मेरूदण्ड हुन्ः मेयर


नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। दिल्लीका मेयर राजा इकबाल सिंहले बिहीवार सिभिक सेन्टरमा आयोजित 'दिल्लीलाई फोहोरदेखि मुक्ति' स्वच्छता अभियानको समीक्षा बैठकमा सबै जोनका स्वच्छता कर्मचारीहरूको प्रयासको सराहना गरे।

राजा इकबाल सिंहले नागरिक पारिस्थितिकी तन्त्रमा सफाई कर्मचारीहरूको महत्वपूर्ण भूमिकामाथि बल दिए। उनले भने, सफाई कर्मचाीरहरू दिल्ली नगरनिगमको सफाई व्यवस्थाको मेरूदण्ड हुन्। यस शहरलाई स्वच्छ र बस्ने योग्यको बनाउनमा उनीहरूले गरेका अथक प्रयासहरूमाथि गर्व छ।

मेयरले भने, आगामी 2 अक्टोबरमा समाप्त हुने स्वच्छता अभियानमा हाम्रा सफाई कर्मचारीहरूले गरेका सहयोगको निम्ति, उनीहरूको शक्तिमाथि पूर्ण विश्वास छ। आशा छ, उनीहरूले स्वच्छ एवं हरित दिल्ली सुनिश्चित गर्नका लागि आफ्नो कड़ा परिश्रमलाई जारी राख्नेछन्।

इकबाल सिंहले भने, स्वच्छता हाम्रो प्रथमिक जिम्मेवारी हो जसलाई हामीले इमानदारिता पूर्वक निर्वाह गर्नुपर्छ। उनले भने, प्रधानमन्त्रीको स्वच्छ भारत अभियान अन्तर्गत दिल्लीमा स्वच्छता अभियान जन सहभागिता तथा दिल्ली नगरनिगमका सफाई कर्मचारीहरूको कड़ा मिहेनतको कारणले सफल भइरहेको छ।

कार्यक्रममा उपमेयर जय भगवान यादव, स्थायी समितिकी अध्यक्ष सत्या शर्मा, स्थायी समिति उपाध्यक्ष सुन्दर तँवर, निगमका नेता सदन प्रवेश वाही, निगमका आयुक्त अश्वनी कुमार लगायत अन्य अधिकारी तथा दिल्ली नगरनिगमका क्षेत्रीय स्वच्छता कर्मचारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande