श्री माता वैष्णौ देवी यात्रा लगातार 17औं दिन पनि स्थगित
श्री माता वैष्णौ देवी यात्रा लगातार 17औं दिन पनि स्थगित


जम्मू, 11 सेप्टेम्बर (हि.स.)। तिर्थ यात्राको मार्गमा भीषण पैह्रो गएको कारणले जम्मू-कश्मीरको आवासीय जिल्लाको कटरा नगरदेखि श्री माता वैष्णौ देवीको यात्रा आज लगातार 17औं दिन पनि स्थगित रह्यो।

गत 26 अगस्तमा अर्धकुँवारीस्थित इन्द्रप्रस्थ भोजनालय नजिक भारी वर्षाको कारणले गएको पैह्रोमा 34 जना मानिसहरूको मृत्यु भएको थियो जसमा अधिकांश तिर्थ यात्रीहरू सामेल थिए साथै कैयौं घाइते भएका थिए।

कटरा व्यापारी समुदायले श्राइन बोर्डसित अपील गरेको छ, उनीहरूले यात्रा पुनः शुरू गर्ने बारेमा स्पष्ट नीति अप्नाउन्, किनभने आगामी 22 सेप्टेम्बरदेखि नवरात्र आरम्भ हुनेछ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हा जो श्री माता वैष्णो देवी श्राइन बोर्डका अध्यक्ष पनि हुन्,-ले गत 26 अगस्तमा भएको पैह्रोको घटनाको जाँचको लागि एक उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेका छन्।

जम्मू-कश्मीर जल शक्ति विभागका अतिरिक्त मुख्य सचिव शालिन काबराको अध्यक्षतामा गठित सो समितिमा जम्मूका सम्भागीय आयुक्त रमेश कुमार र जम्मूका पुलिस महानिरीक्षक बीएस टूटी सामेल छन् जसले दुई साताभित्रमा उपराज्यपाल सिन्हालाई एक व्यापक रिपोर्ट सुम्पिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande