कोलकाता, 11 सेप्टेम्बर (हि.स.) पश्चिम बंगालको राजधानी कोलकातामा बिहीवार फेरि एकपटक शिक्षक भर्ती उम्मेद्वारहरूले व्यापक विरोध प्रदर्शन गरेका छन्। वर्ष 2022- मा टेट परीक्षा उतीर्ण गर्ने उम्मेद्वारहरू अन्तरवार्ताको मागलाई लिएर सड़कमा उत्रिए अनि विधानसभासम्म मार्च गर्ने चेष्टा गरे।
धर्मतलामा शुरू भएको यो प्रदर्शन एस्प्लानेड मेट्रो स्टेशन नजिक पुगेपछि पुलिस र उम्मेद्वारहरूबीच झड़पमा परिवर्तन भयो। पुलिसले ब्यारिकेड लगाएर आन्दोलनकारीहरूलाई रोक्ने प्रयास गरेको भए पनि प्रदर्शनकारीहरूले ब्यारिकेडलाई भत्काएर विधानसभा तर्फ अग्रसर भए। स्थिति त्यसबेला झन् बिग्रियो जतिबेला प्रदर्शनकारीहरू विधानसभाको गेट नम्बर-2 मा धरनामा बसे। पुलिसले धारा 144 लागू भएको जानकारी गराउँदै त्यहाँबाट हट्ने आग्रह गरे, तर आन्दोलनकारीहरू अडिग बसे। त्यसपछि पुलिसले बल प्रयोग गरी केही उम्मेद्वारहरूलाई तानेर प्रिजन भ्यानमा बसायो। त्यहाँ पनि केही उम्मेद्वारहरू भ्यान सामु बसे जसलाई पछि हटाइयो।
उम्मेद्वारहरूको आरोप छ, टेट उतीर्ण गरेपछि उनीहरू तीन वर्षदेखिको नियुक्तिको प्रतीक्षामा छन्। न त इन्टरभ्यूकोप्रक्रिया शुरू गरिएको छ, न 50 हजार शिक्षक नियुक्ति गर्ने वाचामाथि कुनै ठोस कदम नै उठाएको छ।
हाल पुलिसले सबै पक्राउ प्रदर्शनकारीहरूलाई क्षेत्रबाट हटाइसकेको छ, तर उनीहरूले स्पष्ट पारेका छन्, उनीहरूको माग पूरा नहुञ्जेलसम्म उनीहरूले सड़कमा संघर्षलाई जारी राख्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा