ऊना, 11 सेप्टेम्बर (हि.स.)। जिल्लाको नगर पञ्चायत दौलतपुर चौक संलग्न गाउँ मरवाड़ीको बजारमा गए राती एक हृदयवितारक घटना भएको प्रकाशमा आएको छ। यहाँ सिलेण्डर पड़्किएर प्रवासी परिवारकी अबोध छोरीको पीड़ादायी मृत्यु भयो। जानकारी अनुसार मध्यप्रदेश ग्वालियर निवासी कुमेश सिंह कुशवाह आफ्नो परिवारसित मरवाड़ी बजार नजिकै एउटा भाड़ाको घरमा बस्दै आएका छन् जसले बजारमा पुच्का बेचेर परिवार धान्दै आइरहेका छन्।
भनिन्छ, गए वुधवार राती अचानक ग्यास सिलेण्डर पड़्किएर आगो लाग्यो जसमा कुमेश सिंहकी तीन वर्षीय छोरी रागिनीको पूर्ण रूपले जलेर मृत्यु भयो। परिवारले उसलाई बचाउने पूर्ण प्रयास गऱ्यो, तर बचाउन सकेन। सूचना पाए लगत्तै चौकी प्रभारी एसआई रविपाल आफ्नो दलबल सहित घटनास्थलमा पुगे। पुलिसले रागिनीको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा