कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। कोलकाता पुलिसको मानव तस्करी विरोधी शाखाले गए बुधवार बड़तला थाना क्षेत्रमा एउटा ठूलो ऱ्याकेटको खुलासा गरेको छ। यस अवधि नौजना नाबालिक सहित एघारजना युवतीहरूलाई बचाइयो भने छजना आरोपीहरूलाई पक्राउ गरियो।
पुलिस सूत्र अनुसार स्थानीय अमित बन्द्योपाध्याय र उनकी पत्नी सरस्वती बन्द्योपाध्यायले आफ्नो घरमा देह व्यापारको अवैध धन्दा चलाइरहेका थिए। छापामारीमा दुवैलाई ठाउँबाटै पक्राउ गरियो। यस अतिरिक्त चारजना संदिग्धहरूलाई पनि पक्राउ गरियो जसमा सामेल एकजना महिलाको पहिचान सुमन हलदार (दक्षिण 24 परगना निवासी)दीप चट्टोपाध्याय, आकाश चौधरी र पूजा मिस्त्री (तीनैजना उत्तर 24 परगना निवासी)-को रूपमा भएको छ। आरोपीहरूको उमेर 22 देखि 34 वर्षसम्म रहेको बताइएको छ।
पुलिसलाई गुप्त सूचना प्राप्त भएको थियो कि यहाँको एउटा घरमा नाबालिक तथा युवतीहरूबाट देह व्यापारको धन्दा गराइँदैछ। सोही सूचनाको आधारमा छापा मारेर पीड़िताहरूलाई मुक्त गराइयो।
उल्लेखनीय छ, कोलकाता एवं यस वरपरका क्षेत्रहरूमा पहिला पनि केही स्पा तथा मसाज पार्लरहरूमा यस्तो ऱ्याकेटको भण्डाफोर भइसकेको छ। पुलिसको भनाइ छ, आरोपीहरूसित जाँचबुझ गरी यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि यस नेटवर्कमा अन्य को-को सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा