बीरभूम, 11 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमेा बाल विवाहको प्रचलन बढ़्दै गइरहेको छ। प्रशासनद्वारा जागरूकता अभियान तथा कानूनी कारबाही गरिएको कारणले परिवारको पक्षबाट नाबालिक छोरीहरूको विवाह गराउने घटनामा कमी आए पनि नाबालिक किशोरीहरूले प्रेम सम्बन्धको कारणले घर छोड़ेर विवाह गर्ने सिलसिला निरन्तर बढ़िरहेको छ। यस प्रवृत्तिमाथि राज्य बाल संरक्षण आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ।
आयोगकी सल्लाहकार अनन्या चक्रवर्तीले बताइन्, वर्तानमा लगभग 60 प्रतिशत बाल विवाह प्रेम सम्बन्धकै कारणले परिणामसम्म पुग्न सफल भइरहेको छ भने 40 प्रतिशत मामिला परिवारको भूमिकाको कारणले भइरहेको छ। उनले भनिन्, “बाल विवाहबाट नाबालिक आमाहरूको संख्या द्रूत गतिमा बढ़िरहेको छ। अब स्कूल स्तरमै जागरूकता फैलाउनेमाथि बल दिइँदैछ।”
गत मंगलवार अनन्या चक्रवर्ती बोलपुर आइपुगेकी थिइन् भने बुधवार उनले जिल्ला बाल संरक्षण अधिकारी अनुपम सिन्हासित शान्तिनिकेतन थानाको चाइल्ड फ्रेण्डली कर्नरको निरीक्षण गरिन्। उनले थानाका अधिकारी तथा पुलिस प्रशासनसित चर्चा गरी बाल विवाहलाई रोक्नमा पुलिसको भूमिकामाथि विचार-विमर्श गरिन्। उनको सुझाउ थियो, बाल विवाहको मामिला थाहा लाग्नसाथ तुरून्त सिकायत दर्ता हुनुपर्छ। बिहीवार उनले जिल्लाका अन्य थानाको चाइल्ड फ्रेण्डली कर्नरको पनि दौड़ाह गर्नेछन्। उनी सम्भवतः मल्लारपुर पनि जानेछन्।
अ्रर्कोतिर बीरभूम जिल्ला प्रशासन पनि बाल विवाहका घटनाहरूलाई लिएर चिन्तित छ। अधिकारीहरूको भनाइ छ, कैयौं पटक नाबालिकहरूको विहे भएको सूचना समयमा प्रशासनसम्म पुग्दैन जसकारण नाबालिक माताहरूको संख्या बढ़िरहेको छ। जिल्ला प्रशासनले धेरैवटा कदमहरू उठाएको भए पनि त्यसको प्रभाव सीमित रहेको छ। यसबीच आयोगले स्पष्ट पाऱ्यो, जागरूकता अभियानलाई अझ सशक्त बनाउनको साथै थानामा सिकायत दर्ता गराउने प्रक्रियालाई अझ कड़ाईपूर्वक लागू गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा