जिल्लापालले गरे खोरोङमा पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण
जिल्लापालले गरे खोरोङमा पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण


गेजिङ, 11 सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपाले आज लिङचोम तिक्जेक जीपीयू अन्तर्गत खोरोङ, अप्पर लिङचोममा गएको पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरे। यहॉं बुधवार भारी वर्षाका कारण अबेर राति पैह्रो गएको थियो।

जिल्लापालले पैह्रो स्थलको निरीक्षण गर्दै पैह्रोले क्षति पुऱ्याएको स्थानीय बिमला गुरुङ र अन्य आठ परिवारहरूको घरको आकलन गरे। प्रभावित परिवारहरूलाई अगावै सुरक्षित ठाउॅंमा स्थानान्तरण गरिएको बताइएको छ।

जिल्लापाल डेन्जोङ्गपाले क्षेत्रका प्रभावित परिवारहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूका चिन्ताहरू सुने। उनले निरन्तर समर्थन र जिल्ला आपदा प्रबन्धन प्राधिकरण अन्तर्गत लागू हुने नियमहरू अनुरुप सहयोगको आश्वासन दिए। उनले बाटो सफा गर्न दुईवटा जेसीबी खटाइएको र थप दुईवटा जेसीबी चॉंडै आइपुग्ने जानकारी गराए। उनले यात्रीहरूलाई लिङचोम मार्ग भएर देन्ताम जान सुझाउ पनि दिए।

जिल्लापालको साथमा आरडीडी चेयरमेन नारायण खतिवडा, डीपीओ डीडीएमए गणेश कुमार राई, पञ्चायतगण आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande