पतिले पत्नीको बञ्चरोले गऱ्यो हत्या, छोरी घाइते
पतिले पत्नीको बञ्चरोले गऱ्यो हत्या, छोरी घाइते


हरदोई, 11 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको हरदोई जिल्लामा अतरौली थाना क्षेत्रमा पतिले आफ्नी पत्नीको बञ्चरोले हिर्काएर हत्या गऱ्यो। घटनामा आमालाई बचाउन आउँदा छोरी पनि घाइते भइ। पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

सीओ सन्तोष सिंहले बताए, अतरौली थाना क्षेत्रको सीकरी गाउँ निवासी रामसनेहीको बुधवार राति कुनै कुरालाई लिएर पत्नी वेदना (35) सित विवाद भयो। यसबाट आक्रोशित पतिले पत्नीमाथि बञ्चरोले गर्दनमा हमला गऱ्यो। पिताले बञ्चरोले हमला गर्दा आमालाई बचाउन आएकी छोरी रेशमा (13) माथि पनि बञ्चरोले हमला गऱ्यो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आमा छोरीलाई घाइते अवस्थामा सामुदायिक स्वास्थ्य केन्द्र भरावन पुऱ्यायो। जहाँ डाक्टरहरूले महिलालाई मृत घोषित गरे जबकि गम्भीर अवस्थामा मृतकाकी छोरीलाई लखनऊ ट्रामा सेन्टर रेफर गरिएको छ।

यस घटनामा पुलिसले घटनास्थलमा साक्ष्य जुटाउँदै मृतकाको देवर रामनरेशको शिकायतमा रिपोर्ट दर्ता गरेको छ। आरोपीलाई पक्राउ गरी अग्रिम कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande