कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। भारतको छिमेकी देश नेपालमा राजनीतिक संकटबीच कोलकाता स्थित नेपाली वाणिज्य दूतावासका अधिकारी अब परिवारहरूसित सम्पर्क स्थापित गरी राहत महसूस गरिरहेका छन्। अधिकारीहरूले आउने दिनमा स्थिति सामान्य हुनेछ भनी आशा व्यक्त गरेका छन्।
अलीपुर स्थित नेशनल लाइब्रेरी एवेन्यूमा वाणिज्य दूतावासमा तैनाथ सात अधिकारी लगातार तनावमा थिए। कारण नेपालमा इन्टरनेट बन्द भएको कारण उनीहरू आफ्नो परिवारहरूसित सम्पर्क गर्न सकिरहेका थिएनन्। अब इन्टरनेट र सोशल मीडियाबाट प्रतिबन्ध हटेपछि उनीहरूले परिवारसित बातचित गरी राहतको सास लिए।
यहाँ तैनाथ एक वरिष्ठ अधिकारीले भने, यो हाम्रो निम्ति ठूलो राहत हो। हामीले परिवारसित कुरा गऱ्यौं र सबै सुरक्षित छन्। प्रदर्शनकारीहरूले केवल भ्रष्ट नेताहरूलाई लक्ष्य गरेका छन्।
एक अन्य अधिकारी, जो गत पाँच वर्षदेखि कोलकातामा तैनाथ छन्, उनले भने, नेपालमा छिट्टै अस्थायी सरकार बन्नेछ र आशा छ, स्थायी रूपमा एक मजबूत सरकारको गठन हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी