गौतमबुद्ध नगर, 11 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाको थाना सेक्टर 142 क्षेत्रमा बिहिवार बिहान एक अनियन्त्रित कारले दुई कार र एक बाइकलाई ठक्कर दिँदै नालीमा गएर झऱ्यो र त्यसमा आगो लाग्यो। कारको ठक्करले घाइते एक बाइक सवार युवकको उपचार भइरहेको समय अस्पतालमा मृत्यु भयो जबकि साथीको उपचार जारी छ। कारमा लागेको आगोलाई निभाएर पुलिसले चालकलाई सकुशल बचाएको छ।
थाना सेक्टर 142 का प्रभारी विनोद कुमार मिश्राले बताए, आज बिहान एक कार चालकले सेक्टर 145 नजिक लापरवाहीले वाहन चलाउँदै गइरहेको थियो। यसबीच उसले पहिले एक-एक गरी दुई कारलाई ठक्कर दियो र त्यहाँबाट गुज्रिरहेको बाइक सवारहरूलाई कुल्चिन्दै अनियन्त्रित कार ग्रीन बेल्टलाई भक्ताउँदै नालीमा गएर झऱ्यो र त्यसमा आगो लाग्यो। दुर्घटना देखेर बटुवाहरूले पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेको थाना पुलिसले घाइते बाइक सवारहरूलाई अस्पतालमा भर्ती गराए, जहाँ डाक्टरहरूले एक युवकलाई मृत घोषित गरे।
मृतकको नाम विजय बहादुर (35) बताइएको छ जबकि घाइते साथी गौरव सिंहको अवस्था गम्भीर बनेको छ। नालीमा झरेको कारको आगो निभाउँदै चालकलाई बचाइएको छ। घटनाको अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी