नोएडा, 11 सेप्टेम्बर (हि.स.)। थाना सेक्टर 49 क्षेत्रको बरौला गाउँ नजिक हिजो राति एक बाइक सवारलाई अज्ञात वाहन चालकले ठक्कर दियो। यस घटनामा उ गम्भीर रूपमा घाइते भयो। उलाई उपचारको निम्ति नोएडाको जिल्ला अस्पतालमा भर्ती गराइयो, जहाँ डाक्टरहरूले उपचारमा उलाई मृत घोषित गरे।
थाना सेक्टर 49 का प्रभारी निरीक्षक अनुज कुमार सैनीले बताए, टीटू पुत्र (26) हाल निवासी सेक्टर 79, मूल निवासी जिल्ला अलीगढ़ हिजो राति बाइकमा बरौला गाउँ नजिक भएर गुज्रिरहेका थिए तब एक अज्ञात वाहन चालकले तीव्र र लापरवाहीपूर्वक गाड़ी हाक्दै उसलाई ठक्कर दियो। यस घटनामा उ गम्भीर रूपमा घाइते भयो। उसलाई उपचारको निम्ति नोएडाको जिल्ला अस्पतालमा भर्ती गराइयो, जहाँ उपचारमा उसको मृत्यु भयो।
उनल बताए, थाना सेक्टर 49 पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। पुलिसले मृतकका परिजनरूलाई घटनाको सूचना दिएको छ। पीड़ितका परिजनहरूको शिकायतमा पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी