एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न


गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा आज अप्पर सदाममा सम्पन्न भयो। सभाको अध्यक्षता जिल्ला चेली प्रभारी अनिता गौतमले गरेकी थिइन्। सभामा जिल्ला कार्यकारिणी सभापति रमेश किराँतसहित अन्य सदस्यहरूको उपस्थितिमा रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

सभामा जन साधारणले भोग्नु परिरहेका समस्याहरूका साथै विगतको विधानसभा निर्वाचनमा चुनावी अधिकारीहरूको असन्तोषजनक भूमिका सम्बन्धी चर्चा गरिएको बताइएको छ। यसैगरी, सभा अब निरन्तररुपमा संगठनको गतिविधिलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामाथि जोड दिइयो।

सभामा सहभागी पार्टीका सदस्यहरूले सिक्किममा महा-परिवर्तनको खाँचो महसुस गर्दै एकमत प्रकट गरे। यसरी नै सरकारले आफ्ना नीतिहरूमा सुधार गरी आम जनतालाई बराबरी न्याय दिनुपर्नेमा कुरामा जोड दिएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande