गौतमबुद्ध नगर, 11 सेप्टेम्बर (हि.स.)। थाना बादलपुर पुलिसले एक नामी कम्पनीको नामले प्लास्टिकको नकली पाइप बेच्ने व्यक्तिलाई पक्राउ गरेको छ। व्यक्ति विरूद्ध कम्पनीको एक अधिकारीले मामिला दर्ता गराएको छ।
थाना बादलपुरका प्रभारी निरीक्षक अमित भड़ानाले बताए, मनीष जिन्दल पुत्र सुरेन्द्र जिन्दल निवासी पञ्जाबले गए राति थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनी एक कम्पनी मेनेजर रूपमा काम गर्छन्। यो कम्पनी सुप्रीम इन्डस्ट्रीज लिमिटेडको ब्रान्ड, सुप्रीमको नामले वा मिल्दो जुल्दो मार्का लगाएर बनाउने वा बेच्ने व्यक्ति, नकली प्लास्टिक पाइप बेच्ने व्यक्तिहरू विरूद्ध कारबाह गर्नका लागि अधिकृत छ।
उनी अनुसार, उनले 10 सेप्टेम्बरमा छपरौला नेशनल हाईवेमा स्थित मार्केटको सर्वे गर्दा थाहा लाग्यो कि एउटा दोकान जसको नाम शर्मा पेन्ट हार्डवेयर एण्ड सेनिटरी स्टोर हो। यसको मालिक प्रवेश शर्माले उनको कम्पनी सुप्रीमको नामले नकली सीपी वीसी पाइप मार्केटमा बेचिरहेको छ र सप्लाई गरिरहेको छ। शिकायतको आधारमा पुलिसले दोकानमा छापा माऱ्यो। त्यहाँबाट पुलिसले भारी मात्रामा सुप्रीम कम्पनीको नकली पाइप आदि जफत गरेको छ। प्रवेश शर्मा विरूद्ध कपीराइट एक्टको धारा अन्तर्गत मामिला दर्ता गरी उलाई पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी