गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। सिङतामका एक चिकित्सकमाथि स्वास्थ्य जॉंच गराउन गएकी एक महिलालाई अनुपयुक्त तरिकाले छोएको मामिला अघि आएको छ। यो घटना गत मंगलवार घटेको हो। पीडित महिलाले चिकित्सक विरुद्ध सिङताम थानामा प्राथमिकी दर्ता गराएकी छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, गत 9 सेप्टेम्बर बिहान महिला तल्लो पेट दुखेकाले स्वास्थ्य जॉंच गराउन स्थानीय एक चिकित्सक डा. आरके मुसादियाकहॉं गएकी थिइन्। स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकले महिलाका संवेदनशील अङ्गहरूमा हात लगाएको आरोप छ। उनको स्वास्थ्य परीक्षण अवधि कुनै महिला परिचारिका पनि उपस्थित नरहेको शिकायतमा उल्लेख गरिएको छ।
यस घटनाको सम्बन्धमा पीडित महिलाले सिङताम पुलिस थानामा प्राथमिकी दर्ता गराउॅंदै आरोपी विरुद्ध कानूनी कारबाहीको माग गरेकी छन्। पुलिसले आरोपी चिकित्सक विरुद्ध बीएनएस 2023 को धारा 64(1) अन्तर्गत मामिला दर्ता गरेर जॉंच अगाडि बढाएको छ।
जानकारी अनुसार, 63 वर्षीय आरोपी चिकित्सक मूल रूपमा गुजरातको गॉंधी नगर निवासी हुन् भने हाल सिङताममा बस्दै आएका छन्।
हिन्दुस्थान समाचार / बिशाल