गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्माले महापुरुष श्रीश्री माधवदेवको पावन तिरोधाव तिथि (पुण्यतिथि)-मा उनलाई सादर श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, महापुरूष माधनदेवले असमको सांस्कृतिक एवं आध्यात्मिक धरोहरलाई समृद्ध पार्नमा अमूल्य योगदान दिए। उनले महापुरूष श्रीमन्त शंकरदेवको दृष्टिलाई अगाड़ि बढ़ाए। उनका दर्शन, रचना एवं वाणी आज पनि समाजको लागि मार्गदर्शक बनिरहेको छ।
डा. सरमाले प्रार्थना गरे, असमले निरन्तर प्रगति गरोस्। सन्तद्वारा देखाइएको मार्गले असमका जनतालाई एकजुट भएर राज्यलाई अझ बढ़ी सशक्त तथा समृद्ध बनाउने प्रेरणा दिरहने आशा पनि उनले व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा