जादवपुर विश्वविद्यालयमा तेस्रो वर्षकी छात्राको मृत्यु, जाँचमा जुट्यो पुलिस
जादवपुर विश्वविद्यालयमा तेस्रो वर्षकी छात्राको मृत्यु, जाँचमा जुट्यो पुलिस


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालय परिसरमा गए बिहीवार अबेर साँझ एक जना छात्राको मृत्यु भयो। विश्वविद्यालय अधिकारीहरू अनुसार अंग्रेजी विभागको तृत्य वर्षकी सो छात्रा अचानक अचेत भेपछि उसका साथी छात्र तथा कर्मचारीहरूले उसलाई अस्पतालमा लगेका थिए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

सूत्र मुताविक छात्रालाई विश्वविद्यालय परिसरभित्र अवस्थित जलाशय नजिक अचेत अवस्थामा भेटियो। भनिन्छ, साँझको बेलामा उसले आफ्ना सहपाठीहरूसित बातचित गरिरहेकी थिई। अचानक मुर्छित परेर भुइँमा ढली। हतार-हतार उसलाई मेडिकल कलेज एवं अस्पतालमा लगियो, तर त्यसबेलासम्ममा उसको मृत्यु भइसकेको थियो।

विश्वविद्यालय प्रशासनले छात्राको पहिचान सार्वजनिक गरेको छैन। घटना बारे थाहा लाग्नसाथ वरिष्ठ अधिकारी, अध्यापक औ आर्ट्स फ्याकल्टी स्टूडेन्ट्स यूनियनका सदस्यहरू अस्पतालमा पुगे। यसबीच विश्वविद्यालय प्रबन्धनले जादवपुर थानालाई घटनाको सूचना दियो जसपश्चात पुलिस अस्पतालमा आइपुग्यो।

स्मरण गराइन्छ, यो घटना त्यस पीड़ादायी दुर्घटना भएको दुई वर्षपछि सामु आएको छ जतिबेला जादवपुर विश्वविद्यालयकै प्रथम वर्षका एकजना छात्रको छात्रावासको बालकनीबाट झरेर मृत्यु भएको थियो। त्यस मामिलामा ऱ्यागिंग भएको थियो, त्यसैले धेरैजना विद्यार्थीहरूलाई पक्राउ पनि गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande