पैसालाई लिएर भएको विवादमा पिताले गऱ्यो पुत्रको हत्या
पैसालाई लिएर भएको विवादमा पिताले गऱ्यो पुत्रको हत्या


रामगढ़, 12 सेप्टेम्बर (हि.स.)। रामगढ़ जिल्लामा पिता-पुत्रमाझ भएको सामान्य विवादमा पिताले पुत्रको हत्या गरिदियो। यो घटना वेस्ट बोकारो ओपी क्षेत्रको बड़गाउँमा भएको हो। शुक्रवार बिहान भएको यस घटनापछि सम्पूर्ण गाउँ सुनसान भएको छ।

घटनाको सम्बन्धमा वेस्ट बोकारो ओपी प्रभारी दीपक सिंहले बताए, बड़गाउँमा सुशिल जायसवाल र तिनका छोरा संगीत जायसवालमाझ विवाद भयो। यो विवाद पैसाको लेन-देनलाई लिएर भएको बताइँदैछ। सुशिल जायसवालले विवादपछि लौरोले छोरालाई कुट्न शुरू गरे। तिनले छोरालाई यति धेरै कुटे कि संगीतको घटनास्थलमै मृत्यु भयो। परिवारका सदस्यहरू घटनापछि शोकमा डुबेका छन्। यस घटनामा पिता पनि घाइते भएको छ जसलाई उपचारको निम्ति राँची रोडको अस्पतालमा लगिएको छ। प्राथमिक उपचारपछि तिनलाई राची रेफर गरिएको छ। मृतकको शवलाई कब्जामा लिएर पोस्टमर्टम गराउनको लागि रामगढ़ पठाउने तयारीमा पुलिस जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande