कुचबिहार नगरपालिकामा 70 वटा भन्दा अधिक जाली जन्म प्रमाण पत्रहरू भेटियो
कुचबिहार नगरपालिकामा 70 वटा भन्दा अधिक जाली जन्म प्रमाण पत्रहरू भेटियो


कुचबिहार, 12 सेप्टेम्बर (हि.स.)। कुचबिहार नगरपालिकामा व्यापक रूपमा जाली जन्म प्रमाण पत्र भेटिएको मामिला प्रकाशमा आएको छ। एउटा-दुईवटा नभएर 70 वटाभन्दा अधिक जाली जन्म प्रमाण पत्र भेटिएको छ। यीमध्ये कतिपयमा नगरपालिकाकी उपाध्यक्ष अमिना अहमदको नक्कली हस्ताक्षर पनि पाइएको छ। यस अतिरिक्त नगरपालिकाका अन्य अधिकारीहरूको पनि नक्कली हस्ताक्षर यी प्रमाण पत्रहरूमा अंकित छ। घटना उजागार हुनसाथ सम्पूर्ण जिल्लामा कोकोहोलो मचिएको छ।

सूत्र अनुसार पहिला नगरनिगमबाट हस्तलिखित प्रमाण पत्र दिइन्थ्यो भने अहिले डिजिटल जन्म प्रमाण पत्र जारी गरिन्छ। यसको लागि निगममा एउटा भिन्नै विभाग पनि छ। अहिलेघरि ग्रामीण क्षेत्रहरूबाट केही मानिसहरू मुख्यतः कुचबिहार एमजेएन मेडिकल कलेजको नाममा बनिएको प्रमाण-पत्र लिएर डिजिटलीकरण गराउन आइरहेका छन्। यसको जाँच गर्दा कर्मचारीहरूलाई गड़बड़ी रहेको शंका लाग्यो। रातो रंगको कागजमा बनिएको, मोहर र हस्ताक्षरयुक्त यी प्रमाण पत्रहरू असली जस्तै देखिन्थ्यो, तर जाँचमा यी सबै जाली साबित भए।

जानकारी मुताविक 01 अप्रेल, 2018-देखि एमजेएन मेडिकल कलेजमा जन्मेका बाल-बालिकाहरूको प्रमाण पत्र अस्पतालबाटै जारी हुँदै आएको छ। त्यसपूर्व जन्म प्रमाण पत्र निगमबाट पाइन्थ्यो। तर भण्डाफोर भएका जाली प्रमाण पत्रहरूमा 2003-04 सालको दस्तावेज पनि सामेल छ। कतिपय प्रमाण पत्रहरू त्योभन्दा पछिल्लो वर्षको पनि पाइएको छ। यी सबैलाई लेमिनेशन गरेर पेशागत रूपमा तयार गरिएको छ।

भाइस चेयरम्यान अमिना अहमदले भनिन्, “डिजिटल जन्म प्रमाण पत्र शुरू भएपछि कर्मचारीहरूले मेरो नक्कली हस्ताक्षर भएको प्रमाण पत्रलाई समाते। जाँचमा स्पष्ट भयो, ती सबै जाली हुन्। त्यसपछिदेखि हामीले उनीहरूलाई रोकिरहेका छौं। तर यस्ता जाली प्रमाण पत्रहरू लिेर आएका मानिसहरूले स्पष्ट रूपमा बताउन सकिरहेका छऐनन् कि यी प्रमाण पत्रहरू कहाँबाट बनाइएको हो। मैले थानामा सिकायत दर्ता गराएकी छु। मामिला जाँचको विषय हो।”

नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोषले भने, “यो धाँधली यस्तो समयमा भएको थियो जतिबेला म्यानुअल प्रमाण पत्र जारी हुन्थ्यो। अब डिजिटल सिस्टम आएपछि यो अवैध रहेको थाहा लागिरहेको छ। एसआईआर विवादबीच कतिपय मानिसहरू आफ्नो प्रमाण पत्रलाई डिजिटलाइज गराउन आइरहेका छन्। स्पष्ट छ, एउटा गिरोहले यस्तो काम गरिरहेको छ। गाउँका साधारण मानिसहरूले यी दस्तावेजहरूलाई असली मानिरहेका छन्। पुलिसले निश्चित रूपमा जाँच गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande