बीटीआरमा शान्ति तथा दिगो विकासको मार्गमा अग्रसरः मुख्यमन्त्री डा. सरमा
बीटीआरमा शान्ति तथा दिगो विकासको मार्गमा अग्रसरः मुख्यमन्त्री डा. सरमा


गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, बोडोल्याण्ड टेरिटोरियल रिजन (बीटीआर) अब हिंसाको युगदेखि बाहिर निक्लेर शान्तिको मार्गमा अग्रसर भइसकेको छ।

मुख्यमन्त्रीले भने, राज्य सरकारले जैव-विविधता तथा प्राकृतिक परिवेशलाई संरक्षित गरी मानिसहरूलाई एक सुरक्षित वातावरण प्रदान गर्दछ। यसको प्रमाण बीटीआरमा शुरू गरिएको ‘ग्रीन मिशन’ योजनाको सफलता हो।

पर्यटनलाई लिएर उनले भने, अहिलेसम्ममा अढ़ाई लाखभन्दा अधिक पर्यटकहरू बीटीआरमा आइसकेका छन् भने यहाँको जंगल पहिलाबाटै सुरक्षित छ।

सरमाले भने, “हाम्रो लक्ष्य भौतिक पूर्वाधारको विकास मात्र होइन, बीटीआरको समृद्ध प्राकृतिक घरोहरलाई संरक्षण गर्नु पनि हो। हामी विकसीत बीटीआर निर्माण गर्न दृढ़् संकल्पित छौं।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande