गुवाहाटीको जामताड़ामा साइबर अपरधी सहित तीन पक्राउ
गुवाहाटीको जामताड़ामा साइबर अपरधी सहित तीन पक्राउ


गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिस औ जोराबाट पुलिसद्वारा संचालित संयुक्त अभियानमा साइबर अपराधमा सामेल तीनजना चतुर अपराधीहरूलाई पक्राउ गरिएको छ।

पुलिसले शुक्रवार बतायो, गुप्त सूचनाको आधारमा संचालित अभियानको क्रममा गुवाहाटीका विभिन्न क्षेत्रमा बसेर फोनको माध्यमबाट साइबर अपराधलाई परिणाम दिने तीनजना चतुर अपराधीहरूलाई पक्राउ गरिएको छ। यी अपराधीहरूको पहिचान गिरोहको मास्टरमाइण्ड झारखण्डको जामताड़ा निवासी मोहम्मद असलम अन्सारी, असमको बोको निवासी सद्दाम हुसैनको रूपमा गरिएको छ।

पक्रा पर्ने तीनै आरोपीबाट पुलिसले 17 वटा बिभिन्न ब्यांकका एटीएम कार्ड तथा मोबाइल फोन जफत गरेको छ। जफत गरिएका मोबाइल फोन र एटीएम कार्डहरूको माध्यमबाट यी अपराधीहरूले साइबर ठगीका घटनाहरूलाई परिणाम दिँदै आइरहेका थिए।

पुलिस सूत्रले बताएको छ, साइबर अपराधमा सामेल जामताड़ाको एक गिरोहले गुवाहाटीमा सक्रिय भएर साइबर अपराधलाई परिणाम दिँदै आइरहेको छ। यसबारे जानकारी हात लाग्नसाथ गुवाहाटी पुलिसले धराप थापेर तीनैजना अपराधीहरूलाई पक्राउ गरेको छ। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी तीनैजना अपराधीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande