पश्चिम सिक्किमको अप्पर रिम्बीमा पैह्रोले चार जनाको मृत्यु, एक गम्भीर घाइते
पश्चिम सिक्किमको अप्पर रिम्बीमा पैह्रोले चार जनाको मृत्यु, एक गम्भीर घाइते


गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत अप्पर रिम्बीमा बिहिवार राति गएको पैह्रोका कारण चार जनाको मृत्यु भएको छ। पैह्रोको चपेटमा परेर एक व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।

गत केही दिनदेखि परिरहेको अबिरल वर्षाका कारण बिहिवार अबेर राति अप्पर रिम्बीमा पैह्रो गयो। घरमाथिबाट आएको पैह्रोले घरलाई पूर्णरूपमा ध्वस्त बनायो र घरभित्र सुतिरहेका मानिसहरू पनि चैह्रोको चपेटमा परेको जानकारी प्राप्त भएको छ।

घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रशासनका अधिकारीहरू, पुलिसकर्मीहरू, एसएसबी र स्थानीय मानिसहरूको सहकार्यमा तत्काल राहत एवं बचाउ कार्य शुरू गरियो। यद्यपि, तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ। पैह्रोको चपेटमा परेर एक अन्य व्यक्ति गम्भीर रूपमा घाइते भएको गेजिङ जिल्लाका पुलिस अधीक्षक छिरिङ शेर्पाले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande