सिलगढ़ी, 14 सेप्टेम्बर (हि.स.)। उत्तर बंगालको ठूलो क्षेत्रमा फेरि भूकम्पको झटका महसूस गरियो। आइतवार साझँ 4.41 बजी अचानक सबै हल्लिन थाल्यो। धेरै जना आत्तिएर आ-आफ्नो घरहरूबाट बाहिर निस्के किनभने सेप्टेम्बरमा पहिले पनि धेरै ठूलो भूकम्प आइसकेको छ।
उल्लेख्य, भूकम्पको केन्द्र असमको राजधानी गुवाहाटी र तेजपुरबीच ढेकियाजुली नामक स्थानमा थियो। भूकम्पको केन्द्र 10 किलोमीटर गराइमा थियो। प्रारम्भिक जानकारी अनुसार, भूकम्पको तीव्रता 5.9 थियो। असम सीमावर्ती अलीपुरद्वार जिल्ला बाहेक कूचबिहार, दिनहाटा, चेंगराबांधा र जलपाइगढ़ी जिल्लामा पनि भूकम्पको झटका महसूस गरिएको छ। मालदा र दिनाजपुरमा पनि झटका महसूस गरिएको छ।
यस बाहेक भारतको छिमेकी देश बांग्लादेश, नेपाल र भोटानका धेरै हिस्साहरूमा पनि झटका महसूस गरियो। खबर लेखिञ्जेलसम्म कुनैपनि ज्यानमालको नोकसान कुनै खबर थिएन।
हिन्दुस्थान समाचार / भवानी थामी