मार्शल आर्ट्सले युवाहरूको मस्तिष्कलाई आकार दिन अर्थपूर्ण भूमिका निर्वाह गर्छ: सांसद विष्ट
Raju bist


खरसाङ, 14 सेप्टेम्बर (हि.स.)। दार्जिलिङका सासंद राजु विष्ट आइतवार खरसाङको एक प्रतिष्ठित विद्यालय गोथल्स मेमोरियल स्कूलमा आयोजित तेस्रो अन्तर-स्कूल ओपन कराटे च्याम्पियनशीपमा उपस्थित भए।

सांसद विष्टले भने, मार्शल आर्ट्सले युवाहरूको मस्तिष्कलाई आकार प्रदान गर्न एक अर्थपूर्ण भूमिका निर्वाह गर्दछ। यसले युवाहरूमा आत्म-विश्वास, अनुशासन, ध्यान केन्द्रित गर्ने सामर्थ्य, र कड़ा परिश्रम गर्ने क्षमता विकासित गर्दछ। आजको यस्तो समयमा जब सर्वत्र स्मार्टफोन र सामाजिक सञ्जाल जस्ता ध्यान भट्काउने माध्यमहरूले युवाहरू ग्रस्त छन्, मार्शल आर्ट्सले उनीहरूको ऊर्जालाई सकारात्मक ढङ्गले सही दिशातर्फ डोऱ्याउने काम गर्दछ।

विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले युवा र खेलकूदलाई सहयोगमा उल्लेखनीय वृद्धि गरेको अवगत गराउँदै यसका लागि बजेट 2014-15 मा 1,643 करोड़ रहेको थियो जो बढ़ेर 2025-26 का लागि 3,794 भएको अवगत गराए। विष्टले फिटनेस र नशामुक्त जीवनशैलीलाई बढ़ावा दिन “संसद खेल महोत्सव” को लागि पञ्जीकरण शुरु भइसकेको जनाउँदै एकल श्रेणीमा कराटेलाई पनि समावेश गरिएको बताए।

उनले भने, म सबै कराटे खेलाडीहरू अनि अन्य सबै युवाहरूलाई यसमा भाग लिन अनि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्दछु। “संसद खेल महोत्सव” मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी दिनहरूमा आफ्ना प्रतिभा प्रदर्शित गर्नका लगी ठूला प्लेटफर्महरूमा भाग लिने अवसर पाउने छन्। उनले प्रतिभाहरूलाई अगाडि ल्याएकोमा सेनसेई सन्दीप प्रधान अनि मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमी साथै यस च्याम्पियनशीपको भव्य आयोजनाका लागि गोथल्स मेमोरियल स्कूललाई हार्दिक बधाई दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande