गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। असमको शोणितपुर जिल्लान्तर्गत ढेकियाजुलीमा आइतवार दिउँसो लगभग 4.41 बजी भूकम्पको तीव्र झटकाले मानिसहरूबीच भयको माहोल उत्पन्न भयो। प्रारम्भिक सूचना अनुसार, भूकम्पको तीव्रता 5.8 बताइएको छ। अन्तिम सूचना पाइञ्जेलसम्म भूकम्पले कुनै प्रकारको पनि नोकसानको खबर छैन।
भूकम्पको केन्द्र शोणितपुर जिल्लाको ढेकियाजुलीदेखि 15 किमी टाढ़ा 5 किलोमीटरको गराईमा थियो। भूकम्पको एपी सेन्टर 26.78 उत्तरी अक्षांश तथा 93.33 पूर्वी देशान्त्तरमा स्थित थियो। भूकम्पको असर पूर्वोत्तरका अन्य राज्यहरूका साथै छिमेकी देश बांग्लादेश, म्यान्मार, भोटान एवं चीनसम्म महसूस गरिएको छ।
ज्ञात होस्, 5.8 तीव्रताको बूकम्पपछि दुई कम तीव्रताको भूकम्प महसूस गरियो। सिस्मोलोजी विभागबाट प्राप्त जानकारी अनुसार, 4.41 बजी आएको 5.8 तीव्रताको भूकम्पपछि 4.58 मिनटमा 3.1 तीव्रताको भूकम्प उदालगुड़ी जिल्लामा दर्ता गरियो। भूकम्पको केन्द्र 5 किलोमीटर गहराईमा स्थित थियो। भूकम्पको एपी सेन्टर 26.80 उत्तरी अक्षांश तथा 92.33 पूर्वी देशान्त्तरमा स्थित थियो। तेस्रो भूकम्प उदालगुड़ी जिल्लामा 5.21 मिनटमा महसूस गरियो। यसको तीव्रता 2.9 दर्ता गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी