सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी
सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको एक सामेल कार्यक्रम आज रिनाक निर्वाचन क्षेत्रको साजोङमा सम्पन्न भयो। कार्यक्रममा सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी गरिएको छ।

सीएपी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष भूषण अधिकारी, पाकिम जिल्ला अध्यक्ष गजेन्द्र राई, युवा परिषद अध्यक्ष टीआर शर्मा, प्रवक्ता अल्बर्ट गुरुङ तथा अन्य नेतृत्वहरू र कार्यकर्ताहरू उपस्थित थिए।

सीएपी अध्यक्षले नयॉं सदस्यहरूलाई पार्टीमा स्वागत जनाए। उनले सिक्किममा पारदर्शी, जवाफदेही र जनताकेन्द्रित शासनको पार्टीको दृष्टिकोणलाई सुदृढ पार्न सामूहिक प्रयासको महत्त्वमा जोड दिए। उनले यी नयाँ परिवारहरूको समावेशले समृद्ध सिक्किमको लागि सार्वजनिक सरोकारलाई सम्बोधन गर्ने र अर्थपूर्ण सुधारहरू कार्यान्वयन गर्ने सीएपीको संकल्पलाई बलियो बनाउनेछ भनी बताए।

सीएपीमा सामेल हुने नयॉं सदस्यहरूले सीएपी नेतृत्व र पार्टीको सुशासन र रचनात्मक राजनीतिको लक्ष्यमाथि विश्वास व्यक्त गरेको प्रेस विज्ञप्तिमा बताइएको छ। उनीहरूले पार्टीको वृद्धि र सफलताको लागि सक्रिय रूपमा कार्य गर्ने वचन दिए। सीएपीले नयॉं सदस्यहरूलाई स्वागत जनाउॅंदै सामूहिकरूपमा प्रगतिशील, समावेशी र राम्रो सिक्किमतर्फको हाम्रो दृढ यात्रा जारी राख्नेछौं भनी बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande